भारतका सेनाप्रमुख शुक्रबार काठमाडौं आउने

भारतका सेनाप्रमुख शुक्रबार काठमाडौं आउने

काठमाडौं : भारतका सेना प्रमुख जनरल दलबीर सिंह शुक्रबार नेपाल आउँदैछन् । नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा सिंह तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौं आउन लागेको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको छ ।

भ्रमणका क्रममा कात्तिक २७ गते भारतका स्थल सेनाध्यक्ष रहेका सिंहले नेपाली सेना र भारतीय सेनाबीच रुपन्देही जिल्लाको सालझण्डीमा संचालन भइरहेको संयुक्त अभ्यास “सूर्य किरण” को निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ।

रुपन्देही जिल्लाको सालझण्डीमा मिति २०७३ कार्तिक १५ गतेबाट संचालन भई रहेको गण स्तरको संयुक्त अभ्यास “सूर्य किरण” दशौं संस्करणको हो । उक्त संयुक्त अभ्यास मिति २०७३ कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.