झाडापखालाबाट बालकको मृत्यु, ३४ बिरामी

झाडापखालाबाट बालकको मृत्यु, ३४ बिरामी

सिरहा: सिरहाको औरहीमा सोमबारदेखि फैलिएको झाडापखालाको प्रकोपले एक बालकको ज्यान जानुको साथै ३४ जना बिमारी परेका छन् । झाडापखालाले औरही ३ का ७ वर्षीय बर्जुन यादवको ज्यान गएको हो । झाडापखाला औरही गाविसको वडा नं. २, ३, ५ र ८ मा फैलिएको छ ।

झाडापखाला फैलिएपछि स्थानीय बासिन्दा चिन्तित छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ढिलो गरी अस्पताल पुर्‌याएको हुँदा यादवको मुत्यु भएको जिल्ला अस्पताल सिरहाले जनाएको छ । अन्य बिमारी सबैको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा ठाउँको अभावमा चिसो भुईंमै राखेर उपचार भइरहेको छ ।

बिरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखिएको छ । झाडापखालाबाट बालबालिका सबैभन्दा धेरै प्रभावित भएका छन् । बिरामीमध्ये १४ जना १६ वर्षभन्दा कम उमेरका रहेका छन् । एक घन्टामा ५/६ पटकभन्दा बढीपटक पखाला लाग्ने गरेको उपचारमा संलगन चिकित्सकको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख रामनारायण सिंहले झाडापखालाका बिरामी दैनिक स्वास्थ्य केन्द्रमा आउने गरेको र झाडापखाला अझै नियन्त्रण नभएको बताए ।

झाडापखाला नियन्त्रणका लागि इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखा, काठमाडौं र जिल्ला स्वास्थ्य कार्यालयको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य प्रमुख दयाशंकर लाल कर्णले बताए । उनले पानीका कारण झाडापखाला लागेको हुनसक्ने भन्दै पानी परीक्षणको लागि काठमाडौं पठाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.