विद्यालयको जग्गामा प्रतीक्षालय 

विद्यालयको जग्गामा प्रतीक्षालय 

नेपालगन्जः धम्बोजी उच्चमावि नेपालगन्जको जग्गामा स्थानीय एक क्लबले प्रतीक्षालय निर्माण गर्न थालेको छ । नेपालगन्ज १ धम्बोजीस्थित विद्यालयको पुरानो भवन ९हाल शान्ति विद्या निकेतन सञ्चालनमा रहेको०को पर्खालबाहिर विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको जग्गा कब्जा गरी क्लबले प्रतीक्षालय निर्माण गरिरहेको छ ।

कब्जा गरिएको जमिनमा धम्बोजी स्पोटर्स क्लबले प्रतीक्षालय बनाइरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर चन्दले विद्यालयको कित्ता नं १९३ को १२७१।९१ वर्गमिटर क्षेत्रफल रहेको जग्गा क्लबले कब्जा गरेको बताए । ‘यो विद्यालयको लालपुर्जाको जग्गा हो, जबर्जस्ती क्लबले जग लगाइरहेको छ', उनले भने ।

विद्यालयले निर्माण रोक्न जिल्ला प्रशासन कार्यालयमा कात्तिक ११ गते नै उजुरी दिइएको उनको भनाइ छ । उजुरी दिएको १५ दिन हुन लागे पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ । ‘यता धमाधम संरचना बनाइरहेका छन् । विद्यालयले लड्ने–भिड्ने कुरै हुँन्नपूर्दैन, त्यसो गर्न हामी सक्दैनौं, केवल कानुनसम्मत रूपमा जाने हो, उनीहरू जबर्जस्ती गरिरहेका छन् ।'

विद्यालयले उक्त स्थानमा २ वर्षअघि सटर निर्माण गर्ने प्रक्रिया थालेपछि क्लबवालाले अवरोध गरेका थिए । स्थानीय शान्ति समितिले विद्यालयलाई उपलब्ध गराएको २० लाख अनुदान सहयोगबाट पाँचवटा सटर निर्माण प्रक्रिया थाल्ने क्रममा क्लबका पदाधिकारीले अवरोध गरेको विद्यालयकी प्राचार्य किरण आचार्यले जानकारी दिइन् । सटर निर्माणका लागि शान्ति समितिबाट आएको पहिलो किस्ताको ३ लाख रुपैयाँ क्लबको अवरोधपछि फिर्ता गएको छ ।

‘विद्यालयको आयस्रोतका लागि सटर निर्माण गर्न लागेका थियौं,' उनले भनिन्, ‘क्लबवालाले झन्डा गाडेर दिएनन् । अहिले कब्जा गरेर आफै जग पो हाल्न थाले ।' यो विद्यालयमा नेपालगन्ज नगरभित्रकै सबैभन्दा बढी विद्यार्थीको चाप छ । उक्त विद्यालयमा एक हजार छ सय ५१ जना विद्यार्थी अध्ययनरत छन् । बाँकेकै नमुनाका रूपमा रहेको यो विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक विषयको समेत पठनपाठन हुने गरेको छ । ‘विद्यार्थीको चाप छ, शिक्षक पर्याप्त छैनन्, आयस्रोतसमेत छैन, आयस्रोत बढाउन नसकेपछि अहिले विद्यालय चलाउनै मुस्किल छ', आचार्यले भनिन् ।

यता प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले विद्यालय जग्गाको संरक्षण गरिने बताए । विद्यालय सम्पत्ति संरक्षण समिति संयोजकसमेत रहेका उनले विद्यालयको जग्गा कब्जाको विषय अनुसन्धान गरेर अगाडि बढ्ने दाबी गरे । ‘के भएको हो, त्यो जग्गा विद्यालयकै नाममा छ कि छैन, त्यसको अनुसन्धान गर्छौं', उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.