दरबारमार्गमा सामसुङको डिजिटल प्लाजा
काठमाडौः दरबारमार्गमा सामसुङको डिजिटल प्लाजा सञ्चालनमा आएको छ । सामसुङ इलेक्ट्रोनिक्सका साउथ एसियन अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक ह्युन चिल हंगका साथै सामासुङ इलेक्ट्रोनिक्स इन्डियाका उपाध्यक्ष युवेम ओन, हिम इलेक्ट्रोनिक्स प्रालीका प्रवन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा उक्त प्लाजाको उद्घाटन गरेका छन् ।
तिन दिने नेपाल भ्रमणमा आएका हंगले उक्त प्लाजाको उद्घाटन गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । सामसुङको नेपालमा सबैभन्दा पुरानो फ्ल्यागसीप प्लाजाको रूपमा रहेको दरबारमार्ग प्लाजालाई पुनर्निमाण गरी पुनःसञ्चालनमा ल्याइएको हो ।
स्टेज अफ दी आर्ट टेक्नोलोजीमा आधारित रहेर निर्माण गरिएको उक्त प्लाजामा सामसुङका सम्पूर्ण सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उक्त प्लाजामा सन् २०१६ का लागि सामसुङले आफ्नो नयाँ उत्पादन एसयूएचडी टीभी पनि रहेको जनाएको छ । क्वानटम डट डिस्प्ले रहेको २०१६ एसयूएचडी टीभीका साथै प्लाजामा फाइभ इन वान फ्रिज, वासिङ मेसिनजस्ता सामसुङका इलेक्ट्रोनिक्स सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले दसैंतिहारलाई लक्षित गरेर ल्याएको योजना पनि अझै रहेको जनाएको छ । कात्तिक ३० गतेसम्म चल्ने उक्त योजना अनुसार सामसुङका उत्पादनको खरिदमा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।