लोकप्रिय बन्दै टीसीएलका स्मार्ट टीभी
काठमाडौः नेपालमा पछिल्लो समय टीसीएल ब्रान्डका स्मार्ट टीभी लोकप्रीय बन्दै गएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टीभी ब्रान्ड टीसीएलले दसैंतिहारलाई लक्षित गरी ल्याएको ‘टप थ्री विथ गिफ्ट' उपहार योजना अत्यधिक सफल भएको कम्पनीले जनाएको छ ।
उक्त उपहार योजनामार्फत टीसीएल ब्रान्डका ४०, ४९ र ५५ इन्चका स्मार्ट टीभीका साथै ४८ इन्चको टीसीएल कर्भ टीभीको बिक्री अत्यधिक भएको छ । कम्पनीका अनुसार यसको माग अहिले पनि बढिरहेको छ ।
गुणस्तरीय उत्पादनसँगै टीसीएलले आफ्ना उपभोक्ताको चाहनालाई मध्यनजर गर्दै आकर्षक प्रस्ताव र योजना ल्याउने गरेको छ । नेपालमा चौधरी ग्रुपअन्र्तगत ईओएल प्रालिले टीसीएलका उत्पादनको बिक्रीवितरण गर्दै आएको छ ।