भाइवरको पब्लिक एकाउन्ट सुरु
काठमाडौः भाइवरले व्यापार व्यवसाय र ब्रान्डलाई विश्व बजारमा लैजानका लागि पब्लिक एकाउन्ट सुरु गरेको छ । भाइवरको नयाँ व्यावसायिक समाधानले सबै प्रकारका ब्रान्डलाई उनीहरूले चाहेका सेवाग्राही र व्यवसायीसँग सम्बन्ध बनाइराख्न एकाउन्ट सञ्चालनमा ल्याएको जनाएको छ ।
विश्वमा भ्यासेजिङ एपमा अग्रणी रहँदै आएको भाइवरले बुधबारबाट पब्लिक एकाउन्ट आरम्भ भएको घोषणा गरेको छ । यो एकाउन्टको सहायताले व्यवसायी, ब्रान्ड र चर्चित हस्तिहरूले भाइवरका आठ करोडभन्दा बढी प्रयोगकर्ताले आ–आफ्नै तवरले सम्बन्ध कायम राख्न सक्ने कम्पनीले जनाएको छ ।
पब्लिक एकाउन्टको माध्यमबाट भाइवरले व्यवसायी, ब्रान्ड र चर्चित हस्तीलाई आफ्ना श्रोतासँग एक्ला एक्लै वा सामुहिक कुराकानी गर्ने सजिलो अवसर दिलाएको छ । भाइवरका सिइओ माइकल स्मिलोभले भाइवरले प्रयोगकर्ताका साथीभाइ, परिवार र सहपाठीसँग सुरक्षित एवं स्वतन्त्र ढंगले सम्बन्ध कायम राख्दै आएकोमा अबदेखि प्रयोगकर्तालाई व्यवसायका लागिसमेत जोडिने उपाय निकालेको बताएका छन् ।
पब्लिक एकाउन्टको प्रयोगबाट सामानको बिक्री, बजारीकरण र टिमको मद्दतका साथै सूचना जारी गर्न सकिने बताइएको छ ।