नवनिर्वाचित राष्ट्रपति ट्रम्प भन्छन्-यो अमेरिकाले विभाजनका घाउहरु पुर्ने समय हो

नवनिर्वाचित राष्ट्रपति ट्रम्प भन्छन्-यो अमेरिकाले विभाजनका घाउहरु पुर्ने समय हो

आफ्नो विजय सुनिश्चित हुनासाथ गत नोभेम्बर ८ को साँझपख अमेरिकाको न्यू योर्कमा ट्रम्पले प्रसन्न मुद्रामा भाषण दिए । आफ्ना सहयोगी, परिवारजन र श्रीमतीसँग स्टेजमा पुगेका उनले निकै गर्विलो आवाजमा यसो भनेः

धन्यवाद । धन्यवाद सबैलाई । तपाईहरुलाई पर्खाएकोमा माफी माग्छु । गाह्रो काम, अति गाह्रो । तपाईहरु सबैलाई धन्यवाद ।

भर्खरैमात्र मलाई विदेशमन्त्री क्लिन्टनले फोन गर्नुभयो । उहाँले हामी सबैलाई बधाइ दिनुभयो । मैले उहाँलाई र उहाँको परिवारलाई निकै निकै कडा प्रतिस्पर्धा कायम गर्नुभएकोमा बधाई दिएँ । उहाँले निकै शानदार तरिकाले भिड्नुभयो । हिलारीले निकै लामो समयदेखि निकै कठिन काम गर्नुभएको छ । उहाँले गर्नुभएको देश सेवाप्रति हामी हादिर्क आभार प्रकट गर्दछौं ।

मैले यो भित्री हृदयदेखि नै भनिरहेछु । यो अमेरिकाले आफ्ना विभाजनका घाउहरु पुर्ने समय हो । हामी अब एकजुट हुनु छ । देशभरका सबै रिपब्लिकन, डिमोक्रयाट र स्वतन्त्र व्यक्तिहरु समक्ष मेरो आह्वान छ, यो हामी एकजुट हुने समय हो ।

यो मेरो वाचा गर्ने समय हो । म हाम्रो भूमीका सबै नागरिक सामु सबै अमेरिकीको राष्ट्रपति बन्ने प्रण गर्दछु । यो मेरा लागि निकै महत्वपूर्ण छ । विगतमा मलाई सहयोग नगर्ने निर्णय गर्नुभएको निकै कम गर्नुभएका हरेक समक्ष म तपाईको निर्देशन र सहयोगका लागि पुग्नेछु जसले गर्दा हामी सहकार्य गर्नेछौं र हाम्रो महान् देशलाई एकिकृत गर्नेछौं ।

मैले शुरु देखि नै भन्दै आएको छु, हाम्रो कुनै अभियान होइन यो त नपत्याइँदो महान् आन्दोलन हो । र यो आन्दोलन यो देशलाई माया गर्ने तथा यसको सुन्दर भविष्य एवं आफ्नै र परिवारको सुन्दर भविष्यको कामना गर्ने करोडौं मेहनती महिला तथा पुरुषहरुले बनेको छ ।

यो आन्दोलन सबै जाती, धर्म र पृष्ठभूमीबाट आएका अमेरिकीहरुबाट निर्माण भएको छ जसले हाम्रो सरकारले जनताको सेवा गर्ने आशा र आकांक्षा राख्दछन् ।
सहकार्य गर्दै हामीले हाम्रो राष्ट्रको पुनःनिर्माण र अमेरिकी सपनाको नविकरण थाल्नेछौं । मैले आफ्नो जीवनको मुख्य हिस्सा व्यवसायमा खर्चेको छु । त्यहाँ मैले संसारभरका मानिसहरुको नरोकिने शक्ति देखेको छु ।

त्यही शक्ति हामी हाम्रो देशका लागि निर्माण गर्न चाहन्छु । विराट शक्ति । यो सुन्दर हुनेछ हाम्रो देशको लागि । हरेक अमेरिकीले आफ्नो पुर्ण शक्ति महसुस गर्ने अवसर पाउनेछन् । हाम्रो देशका हरेक बिर्सिएका महिला र पुरुष अब विस्मृत रहनेछैनन् ।

हामी हाम्रा भित्री शहरहरु मजबुत बनाउनेछौं । राजमार्ग, पुल, सुरुङ, विमानस्थल, विद्यालय र अस्पतालहरु पुनःनिर्माण गर्नेछौं । हामी हाम्रो भौतिक संरचनाहरु पुनःनिर्माण गर्नेछौं । हामी हाम्रा सेवानिवृत्तहरुको ख्याल राख्नेछौं ।

मैले आफ्नो चुनावी अभियानको १८ महिने अभियानमा भेटेका ती सेवानिवृत्तहरु साँच्चिकै उदार थिए । उहाँहरुसँग मैले चुनावी अभियानको दौरान खर्चेका क्षणहरु निकै मूल्यवान थिए । हाम्रा सेवानिवृत्तहरु साँच्चिकै अपत्यारिला मानिस हुन् ।

हामी राष्ट्रिय वृद्धि र नवीकरणको कार्यलाई उच्च विन्दुमा पुर्याउनेछौं । म हाम्रा जनताको सिर्जनशील क्षमतालाई उत्साह दिनेछु र उनीहरुको विराट क्षमतालाई उत्तम र चम्किलो बनाउन कोशिस गर्नेछु । यही नै हुनेछ । हामीसँग बृहत आर्थिक योजना छ ।

यो अमेरिकाले आफ्ना विभाजनका घाउहरु पुर्ने समय हो । हामी अमेरिकी अब एकजुट हुनु छ । 

हामी हाम्रो वृद्धिलाई दोब्बर गराउनेछौं । संसारमै हाम्रो अर्थतन्त्र सबैभन्दा मजबुत हुनेछ । सँगसँगै हामीसँग साझेदारी गर्न चाहने अरु राष्ट्रसँग पनि हामी साझेदारी कायम गर्नेछौं । हामी महान् सम्बन्धहरुको आशा गर्दछौं । कुनै पनि सपना पुरा गर्नै नसक्ने ठूलो हुँदैन । कुनै पनि चुनौती अभेद्य हुँदैनन् । भविष्यका लागि हामीले चिताएका केही पनि लक्ष्य हाम्रो पहुँचभन्दा पर हुँदैनन् ।

अमेरिका कुनै पनि पक्षमा उत्तम भन्दा तल रहनेछैन । हामीले हाम्रो देशको भाग्य र सपना सबै भन्दा ठूलो, बोल्ड र साहसी भएको दावी गर्नैपर्छ । हामीले त्यसै गर्नैपर्छ । हामीले हाम्रो देशको सपना तय गर्नेछौं, सुन्दर सपना र त्यसमा पुनः सफलता पाउनेछौं ।

म सिंगो विश्व समुदायलाई भन्न चाहन्छु, हामी हाम्रो अमेरिकाको स्वार्थलाई प्राथमिकता दिंदैगर्दा हरेकसँग न्यायपूर्वक व्यवहार गर्नेछौं । सबै देशका सबै जनतासँग हामी साझा भूमी खोज्नेछौं, शत्रुता होइन । मित्रता खोज्नेछौं, द्वन्द्व होइन । यही बेलामा नै म यो क्षणसम्म ल्याइपुर्याउने र यो विजयलाई ऐतिहासिक बनाउने सबै जनतालाई धन्यवाद दिन्छु ।

सबैभन्दा पहिला म मलाई अहिले हेरिरहनुभएका अभिभावकलाई धन्यवाद दिन चाहन्छु । उहाँहरु महान् हुनुहुन्छ । मैले उहाँहरुबाट धेरै सिकेको छु । हरेक पक्षमा उहाँहरु विस्मयकारी हुनुहुन्छ । साँच्चिकै महान् अभिभावक । यो रातमा मसँगै रहेका मेरा दिदीबहिनीहरु म्यारेन र एलिजाबेथलाई पनि धन्यवाद दिन चाहन्छु । कहाँ छन् उनीहरु ? उनीहरु यतै कतै छन् ।

उनीहरु साँच्चिकै लज्जालु छन् । र मेरो भाईलाई पनि । ऊ मेरो महान् मित्र हो । कहाँ छ रोबर्ट ? ओ रोबर्ट ? र मेरा दिवंगत दाजुलाई पनि । रमाइलो केटो । रमाइलो परिवार । म साँच्चिकै भाग्यमानी हुँ । मेलानीया र डन, इभान्का र इरिक, टिफानी र ब्यारोन म तिमीहरु सबैलाई प्रेम गर्छु । म धन्यवाद दिन्छु । विशेषगरी मलाई समय दिएकोमा । यो साँच्चिकै गाह्रो काम हो ।

राजनीतिक विषय साँच्चिकै गाह्रो र घिनलाग्दो हुन्छ । त्यसैले पनि म मेरो परिवारलाई धन्यवाद दिन्छु । मलाई सबैले अपत्यारिलो साथ दिनुभएको छ । म तपाईलाई भन्नेछु हामीसँग बृहत जनसमुदाय छ । उनीहरु भन्थे हामीसँग थोरै सहकर्मी छन् । तर त्यस्तो होइन । हेर्नुस त हामीसँग भएका जनतालाई ।

म पूर्व मेयर रुडी ग्युलीआनीलाई विशेष धन्यवाद दिन्छु । उहाँ अपत्यारीला मानिस हो । साँच्चिकै अविश्वसनीय । उहाँले हामीसँगै यात्रा गर्नुभयो । हामी बैठकहरुमा सँगै भयौं । उहाँ कहिले फेरिनुभएन । खोई रुडी ? (सबैले रुडी, रुडी भन्छन्) ।

गभर्नर क्रिस क्रिस्टी अर्का अपत्यारीला । धन्यवाद क्रिस । प्रथम मानिस, प्रथम सिनेटर, प्रथम मेजर, प्रमुख राजनीतिज्ञ, म उहाँबारे भन्छु, उहाँ वासिङटनमा निकै सम्मानित हुनुहुन्छ किनभने उहाँ तपाईले देखेभन्दा पनि स्मार्ट हुनुहुन्छ । अनि सिनेटर जेफ सेस्सन्सलाई पनि धन्यवाद । खोई जेफ ? अर्को महान मानिस, निकै कडा प्रतिस्पर्धी । उहाँ सहज हुनुहुन्थेन ।

हामीसँग अर्को त्यस्तै विशेष मानिस हुनुहुनथ्यो । म उहाँका सबै रिपोर्ट पढ्थें । उहाँ एकदमै अपत्यारिला स्टार हुनहुन्छ । के तपाईहरु अनुमान गर्न सक्नुहुन्छ को हो उहाँ ? उहाँ हो रेन्स । रेन्स साँच्चिकै सुपरस्टार हुन् । निकै मेहनती केटो । रेन्स आखिरमा हामीले यो सबै गरिछोड्यौं । ल यहाँ आउ त रेन्स ।
(रेन्स भन्छन्ः महिला तथा सज्जनवृन्द, संयुक्त राज्य अमेरिकाका अर्का राष्ट्रपति डोनाल्ड ट्रम्प सबैलाई धन्यवाद । यो मेरोलागि ठूलो सम्मान हो । भगवानले सबैको रक्षा गरुन् । धन्यवाद भगवान ।)

अनि धन्यवाद सेक्रेट सर्भिसका मानिसहरुलाई पनि । उनीहरु कठिन र स्मार्ट छन् । उनीहरु तिक्ष्ण छन् । अनि धन्यवाद न्यू योर्क शहरलाई पनि । यहाँका दर्शक जनतालाई पनि । कहिलेकाहीं उनीहरुको दुर्भाग्यवश कम आंकलन भयो । हामीले उनीहरुको मूल्यांकन गर्रयौं । त्यसैले यो ऐतिहासिक क्षण भएको छ । तर साँच्चिकै ऐतिहासिक हुनका लागि हामीले महान् काम गर्नैपर्छ । म तपाईहरुसँग वाचा गर्छु कसैलाई पनि शिर निहुराउन दिनेछैन । हामी महान् काम गर्नेछौं । साँच्चिकै महान् । तपाईहरुले भन्नुहुनेछ–साँच्चिकै भन्नुहुनेछ– तपाईहरुले खोजेजस्तै भयो– तपाईहरु साँच्चिकै गर्व गर्नुहुनेछ ।

लौ अब हाम्रो अभियान सकिएको छ र यो आन्दोलनको हाम्रो कार्यभार अब शुरु भएको छ । हामी तुरुन्तै अमेरिकी जनताका लागि काम गर्न शुरु गरिहाल्नेछौं । र हामी तपाईल आफ्नो राष्ट्रपतिप्रति गर्व गर्न सक्नेगरी काम गर्न शुरु गरिहाल्नेछौं ।

यो अद्भुत साँझ हो । यो दुई वर्षकै अदभुत साँझ हो । म यो देशलाई माया गर्छु । धन्यवाद । सबैलाई धन्यवाद । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.