हेलिकोप्टरबाट गरिएको फिल्म सुटिङमा दुईको मृत्यु

हेलिकोप्टरबाट गरिएको फिल्म सुटिङमा दुईको मृत्यु

कन्नडका दुई कलाकारको अभिनयका क्रममा मृत्यु भएको छ । अभिनेता उदय र अनिलको फिल्म सुटिङका क्रममा भएको एक दुर्घटनामा मृत्यु भएको हो ।

बंगलुरुको टिपागोँडानाहल्लीको बाँध नजिकैको एक झिल्लीमा नजिकै फिल्मको सुटिङका लागि हेलिकोप्टरबाट पानीमा हाम फालेका उदय तथा अनिल बेपत्ता भएका थिए ।

मुख्य कलाकार विजयका लागि सुरक्षा व्यवस्था भएको तर, अन्य कलाकारका लागि नभएकाले उनीहरुको मृत्यु भएको थियो ।

सोमबार भएको दुर्घटनापछि बुधबार साँझमात्र उदयको मृत शरीर फेला पारिएको थियो भने । बिहीबार बिहान अनिलको पनि शव फेला पारिएको छ । दुवैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

कन्नड फिल्म 'मस्तीगुडी' को सुटिङ अन्तर्गतको हेलिकोप्टरको दृश्य सुटिङ गर्दा दुर्घटना भएको हो ।

उदय तथा अनिल दुवै साउथ इन्डियन फिल्मका उदयमान कलाकार थिए । उनीहरुले केही चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका थिए ।

उक्त सिनको सुट गर्नुभन्दा पहिला दुवै एक्टर नर्भस थिए । उनीहरुले सुरक्षाको सम्पूर्ण व्यवस्था भएको महसुस गरेर सुटिङमा सहभागी भएको हुनसक्ने आँकलन गरिएको छ । तर, उदयले सुटिङभन्दा अघि नै सबै भगवान भरोसा भनेका थिए । उनी पौडन नजान्ने भएपनि सिन राम्रो बनाउन जस्तोसुकै स्टन्ड गर्न चाहन्थे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.