ट्रम्पविरुद्ध जारी प्रदर्शनका क्रममा पाँच घाइते

ट्रम्पविरुद्ध जारी प्रदर्शनका क्रममा पाँच घाइते

सनफ्रान्सिस्कोः अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि भएको विरोध प्रदर्शनका क्रममा पाँच जना घाइते भएका छन् ।

अमेरिकाको सियाटलमा बुधबार राति भएको आन्दोलनका क्रममा गोली प्राहारमा परी उनीहरु घाइते भएका हुन् ।

स्थानीय समयानुसार बेलुका बुधबार साँझ ७ बजेतिर ट्रम्प विरोधी प्रदर्शनकारीले पाइन र पिके सडकमा प्रदर्शन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

सियाटल प्रहरीका उपप्रमुख रोबर्ट मर्नरले भने गोलीकाण्ड ट्रम्प विरोधी प्रदर्शनभन्दा व्यक्तिगत विवादको कारण भएको बताएका छन् ।

घटनास्थलबाट एक जना पक्राउ परेका छन् ।

घाइते भएका पाँच जनामध्ये एक जना महिला र चार जना पुरुष रहेका छन् । उनीहरुलाई अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको सियाटल अग्नी नियन्त्रण विभागले ट्वीटरमार्फत जानकारी दिएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको र अपराधिले उन्मुक्ति नपाउने अधिकारीले जनाएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.