जगदम्बा सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

जगदम्बा सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

काठमाडौंः जगदम्बा सिमेन्टलाई एनएस क्वालिटी अवार्ड २०१५ र लेटर अफ एप्रिसिएसनद्वारा सम्मान गरिएको छ । सन् २०१४ मासमेत उक्त अवार्ड जितेको यस कम्पनीले लगातार दोस्रो पटक सोही अवार्ड हात पारेको हो ।

क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ ः २००८, वातावरण व्यावस्थापन प्रणाली आईएसओ १४००१ ः २००४ बाट सम्मानित भइसकेको कम्पनीले भारतीय मापदन्ड विभाागबाटसमेत ओपीसीमा आईएस ८११२ र पीएससीमा आईएस ४५५ प्राप्त गरिसकेको छ ।

जगदम्बा सिमेन्टले विश्वस्तरीय सिमेन्ट उद्योगबाट आयातित क्लिंकर प्रयोग गर्दै आएको छ भने यसका उत्पादन दक्ष प्राविधिकबाट निरीक्षण र प्रमाणित गरेपछि मात्र बिक्रीका लागि लगिने कम्पनीले जनाएको छ । कम्पनीले सिमेन्टको बढ्दो माग र ग्राहकको विश्वासलाई आत्मसात गर्दै आफूलाईसमेत समयानुकूल परिस्कृत र परिमार्जित गर्दै लगेको जनाएको छ ।

कम्पनीले हालसम्म नेपाल गुणस्तर चिन्ह- ओपीसीमा ४९, पीपीसीमा ३८५ र पीएससीमा ३८४ नेपाल गुणस्तरबाट सम्मान प्राप्त गरिसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.