एप्पलकाे मोबाइल एक्सचेन्ज धमाका
काठमाडौंः दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा मल्टीब्रान्ड मोबाइल सोरुम एप्पल वल्र्डले १५ दिनको मोबाइल एक्सचेन्ज धमाका सञ्चालनमा ल्याएको छ । विश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले जुनसुकै कम्पनीको मोबाइल एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न पाउने अफर ल्याएको छ ।
यो सँगै सोरुममा मोबाइल एक्सचेन्ज गर्नेको घुइँचो लागेको आयोजकले जनाएको छ । एप्पल वल्र्डले ६० मिनेटभित्रमा ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । पुराना मोबाइलको राम्रो भ्यालु पाइने भएसँगै पुराना मोबाइल साटी नयाँ मोबाइल खरिद गर्नेको भीड लागेको बताउँदै प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले यो योजना १५ दिनसम्म मात्र रहने जानकारी गराएका छन् ।
एक्सचेन्ज धमाकासँगै ५० प्रतिशतसम्मको छुटमा मोबाइलको कारोबार भइरहेको छ । निःशुल्क टेम्पर्ड ग्लास उपलब्ध गराइरहेको एप्पल वल्र्डले मोबाइल एसेसिरिजमा ३५ प्रतिशतसम्मको छुट दिइरहेको छ । ६० मिनेटमै मोबाइल मर्मत गर्ने र मर्मत शुल्कमा ५० प्रतिशतसम्म छुट दिइरहेको आयोजकले जनाएको छ ।