गोर्खाज फाइनान्स २३ वर्षमा
काठमाडौंः गोर्खाज फाइनान्स स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ । फाईनान्सले २३ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा न्यूरोड शाखाबाट सुन/चाँदी कर्जासमेत प्रारम्भ गरेकोे जनाएको छ ।
यस अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको रूपमा संस्थाका अध्यक्ष महेन्द्रलाल राईले भक्तपुरस्थित सिद्घि सालिग्राम जेष्ठ नागरिक आ श्रमलाई दुई थान टेलिभिजन प्रदान गर्नुका साथै संस्थाका सञ्चालक र कर्मचारीकोतर्फबाट जेष्ठ नागरिकलाई भोजनको प्रवन्धसमेत गरेको छ ।
साथै भक्तपुर क्यान्सर अस्पताललाई फाईनान्सले पाँच थान व्हील चेयर प्रदान गरेको छ । साथै, वर्षको उत्कृष्ट कर्मचारीमा विष्णुप्रसाद खतिवडालाई संस्थाले सम्मानित गरेको जनाएको छ ।