बुद्ध एयर सम्मानित

बुद्ध एयर सम्मानित

काठमाडौंः अन्तर्राष्ट्रिय संस्था फ्रोस्ट एन्ड सुलिभानले बुद्ध एयरलाई उत्कृष्ट एयरलाईन्स २०१६ को अवार्डबाट सम्मान गरेको छ ।

राजधानीमा आयोजित एक समारोहमा बुद्ध एयरलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको थियो । बुद्ध एयरले उड्डयन क्षेत्रमा गरेको निरन्तर मिहिनेतको सफलता स्वरूप उक्त पुरस्कारले सम्मान गरिएको बुद्ध एयरका एमआईएस डाइरेक्टर रजिन रञ्जितले बताए ।

‘यस किसिमको अवार्डबाट हाम्रा सेवालाई अझ गुणस्तरीय बनाउन थप प्रेरणा मिलेको छ’, उनले भने । बुद्ध एयरले दुई वटा बिचक्राफ्ट र ६ वटा एटीआर जहाजबाट मुलुकभर उडान सेवा प्रदान गर्दै आएको छ । देशबाहिर भारतको वाराणसीमा नियमित तथा भुटानको पारोमा चाटर्ड उडान सेवा दिइरहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाल र नेपालीलाई जोडन सहज र सरल ढंगले सस्तो टिकट बिक्री गरिरहेको जनाएको छ । बुद्धले गत वर्ष मात्रै ८ लाख यात्रुलाई सेवा प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.