शिवम् सिमेन्टको चाँदी नै चाँदी योजना
काठमाडौंः शिवम् सिमेन्ट लिमिटेडले दसैंतिहार र छठलाई लक्षित गरी सञ्चालनमा ल्याएको ‘चाँदी नै चाँदी उपहार योजना’ सफलताका साथ सम्पन्न गरेको छ ।
आफ्ना उपभोक्ताको सहुलियत तथा चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजनाअन्तर्गत शिवम् सिमेन्टले आफ्ना उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम ‘लक्ष्मी-गणेश’ अंकित चाँदीका सिक्का उपहार प्रदान गरिएको थियो ।
भाद्र १५ देखि कात्तिक २७ सम्म लागू गरिएको उक्त योजनामा ग्राहक तथा ब्रिक्रेताको सहभागिता राम्रो रहेको कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्ट नेपालमा अत्यधिक रुचाइएको ओपीसी सिमेन्ट भएको कम्पनीको दाबी छ । ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्टले गुणस्तरीय बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको दाबी गरेको छ ।