ओबामा कार्यकालका महत्वपूर्ण घटना

ओबामा कार्यकालका महत्वपूर्ण घटना

संयुक्त राज्य अमेरिकाको ४४ औं राष्ट्रपतिको रूपमा पहिलो अश्वेत अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिन आँटेको छ । सन् २०१७ को जनवरी २० मा उनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नेछन् । दुई पटक राष्ट्रपतिमा निर्वाचित ओबामाको आठवर्षे कार्यकाल कस्तो रह्यो त ? प्रस्तुत छ, ओबामा कार्यकालको सारसंक्षेप:
सन् २००९
जनवरी २० : बाराक ओबामाले सं.रा.अमेरिकाको ४४ औं राष्ट्रपतिको रूपमा शपथग्रहण ।
जनवरी २२ : ग्वान्टानामो टापुमा रहेको अमेरिकी बन्दीगृह एक वर्षभित्र बन्द गर्ने निर्णयमा हस्ताक्षर ।
फेब्रुअरी १७ : अफगानिस्तानमा थप १७ हजार अमेरिकी सेना परिचालन गर्ने घोषणा ।
अक्टोबर ९ : नोबल शान्ति पुरस्कार प्राप्त ।
डिसेम्बर १ : अफगानिस्तानमा थप ३० हजार सेना परिचालन ।
सन् २०१०
जनवरी २७ : पहिलो ‘स्टेट अफ युनियन’ मन्तव्य ।
मार्च २३ : रिपब्लिकन पार्टीको एक भोटबिना पनि ‘ओबामाकेयर’ विधेयक पारित ।
अप्रिल २० : मेक्सिको खाडीमा तेल विस्फोट ।
अगस्ट १७ : ओबामा शासन सुरु भएपछि अफगानिस्तानमा मारिने अमेरिकी सेनाको संख्या पाँच सय ७६ पुग्यो । सो संख्या बुस कालमा भन्दा बढी थियो ।
अगस्ट ३१ : इराकमा सैन्य कारबाही अन्त्यको घोषणा ।
सन् २०११
जनवरी २५ : अरब विद्रोह इजिप्ट पुग्यो ।
फेब्रुअरी १५ : लिवियामा मुअम्मर गद्दाफीविरुद्ध प्रदर्शन सुरु ।
मे २ : ओसामा बिन लादेन नाटो नेतृत्वको सैन्य कारबाहीमा मृत्यु ।
जुन २२ : पहिलोपटक अफगानिस्तानबाट सेना फिर्ताको घोषणा ।
अक्टोबर २० : लिवियाका शासक गद्दाफीको नाटो सेनाद्वारा हत्या ।
डिसेम्बर १८ : इराकबाट अन्तिम सैन्य टुकुडीको घर फिर्ती ।
सन् २०१२
नोभेम्बर ६: बाराक ओबामा राष्ट्रपतिमा पुन: निर्वाचित ।
सन् २०१३
जनवरी २०: बाराक ओबामाको दोस्रो कार्यकाल सुरु ।
फेब्रुअरी ४: ‘नो बजेट, नो पे ऐन–२०१३’ले वैधानिकता प्राप्त ग¥यो ।
मार्च ८ : ‘महिला हिंसाविरुद्ध ऐन’ पारित ।
अप्रिल ९ : अलकायदाबाट आएका अल बक्र अल–बग्दादीद्वारा इस्लामिक स्टेट इन इराक एन्ड द लेभान्ट (आईएसआईएस) गठनको घोषणा ।
जुन २५ : ओबामाद्वारा ‘क्लाइमेट एक्सन प्लान’ घोषणा ।
जुलाई ३ : इजिप्टमा पहिलो जननिर्वाचित राष्ट्रपतिको रूपमा मोहम्मद मर्सीको उदय ।
डिसेम्बर ५ : दक्षिणी अफ्रिकाका नेता नेल्सन मण्डेलाको निधन ।
डिसेम्बर १० : ओबामा र क्युवाका राष्ट्रपतिबीच मण्डेलाको अन्त्येष्टि समारोहमा पहिलोपटक हस्तमिलान ।
सन् २०१४
फेब्रुअरी २८ : क्रिमियामा रुसी सेनाको प्रवेश ।
जुलाई १६ : राष्ट्रपति ओबामाद्वारा आईएसआईएसविरुद्ध लड्न इराकमा सेना पठाउने घोषणा ।
अगस्ट १९ : आईएसआईएसद्वारा युट्युबमार्फत् अमेरिकी पत्रकार स्टेफन सोट्लोफ हत्याको भिडियो प्रसारण ।
नोभेम्बर २३ : ट्युनिसियामा पहिलोपटक राष्ट्रपतीय निर्वाचन ।
डिसेम्बर २७ : ओबामाद्वारा क्युवासँग सामान्य सम्बन्ध बनाउने घोषणा ।
डिसेम्बर २८ : ओबामाद्वारा अफगानिस्तानमा सैन्य कारबाही सकिएको घोषणा ।
सन् २०१५
मार्च २३ : सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको रौनक सुरु ।
जुन १६ : डोनाल्ड ट्रम्पद्वारा राष्ट्रपति पदको लागि उम्मेदवारी घोषणा ।
सन् २०१६
जुन ७ : हिलारी क्लिन्टन हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनीत ।
जुन २३ : बेलायतमा युरोपेली युनियनबाट अलग्गिने मत जनमत संग्रहमा विजयी ।
(एजेन्सीको सहयोगमा प्रस्तुती: लक्ष्मण श्रेष्ठ)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.