भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

धनगढी: भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन्।

भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुगेका थिए। 

खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीले भने, 'यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।'

आफूसँग नेरु नभएको र भारु सटही नहुँदा घर कसरी पुग्ने समस्या भएको मात्र नभई धनगढीमा खान र बस्ने समस्यासमेत भएको दुःखेसो सुनाए।

भारतबाट फर्किएका डडेल्धुरा जिल्लाकै चेत अवस्थीले भारतीय सरकारले भारु १००० र ५०० दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गरे। 'भारुको नेरु सटही गर्न कसैले मान्दैनन्, अब कहाँ जाने? उनले प्रश्न गरे।

भारुको कारोबार रोकिँदा पीडित भएका यी दुई प्रतिनिधि पात्र मात्र हुन्। यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन्।

आफ्नो साथमा रहेको भारु १००० र ५०० दरका नोटको सटही हुने/नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिक मारमा परेका छन्।

यहाँका चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने/नहुनेबारे चर्चा गरिएको सुनिन्छ।सीमावर्ती धनगढीलगायतका नेपाली बजारमा भारुको र गौरीफँटालगायतका भारतीय बजारमा नेरुको चलनचल्ती सहज रुपमा हुँदै आएको छ।

यता नेपाल राष्ट्र बैंक धनगढीका प्रबन्धक विश्रुत थापाले भारुको १००० र ५०० दरका नोटको कारोबारमा भारत सरकारले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बुधबारदेखि भारुका ठूला दरका नोटको कारोबारमा पनि रोक लगाएको जानकारी दिए।

'कालोधन रोक्नका लागि भारत सरकारले यस्तो गरेको हुनसक्छ' थापाले भने ।

राष्ट्र बैंक धनगढीबाट १०० दरको भारुको नोट सटही गर्ने काम सदा झैँ आज पनि भएको उनले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.