महाअभियोग सिफारिस समितिको बैठक मंसिर २ मा

महाअभियोग सिफारिस समितिको बैठक मंसिर २ मा

काठमाडौं: व्यवस्थापिका– संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ। समितिको शुक्रबार बसेको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो।

उक्त छलफलपछि समितिको अर्काे बैठक आगामी मङसिर २ गते बस्ने गरी स्थागन भएको हो। आन्तरिक कार्यविधि पारित गर्ने सन्दर्भमा एक/दुईवटा विषयको भाषामा संशोधन गर्नुपर्ने देखिएको उपसमितिका संयोजक रामनारायण बिडारीले जानकारी दिए।

बैठकमा महाभियोगको प्रस्ताव दर्ता गरेको व्यक्तिउपर सार्वजनिक सूचना प्रकाशित गरी जानकारी लिनुपर्छ भन्ने भनाई केही सदस्यबाट प्रस्तुत भएको थियो। सार्वजनिक सूचना प्रकाशित गरेर उजुरी लिन नमिल्ने जनाउँदै संयोजक बिडारीले भने,' प्रस्तावमा जेजे कारण र आधार देखाइएको छ, त्यही विषयमा मात्र सफाइको मौका प्रदान दिने, अनुसन्धान र तहकिकात गर्ने गरी आन्तरिक कार्यविधि अघि बढाइने छ ।'

महाभियोग लगाउनुपर्नेका कारणबारे प्रस्तावमा उल्लेख भएका विषयवस्तु अध्ययन गर्न नभ्याइएको जनाउँदै नेपाल तरुण दलको अधिवेशन सुरु भइसकेकोले केही दिनपछि मात्र बैठक राख्न नेपाली काँग्रेसका तर्फबाट अनुरोध गरिएको थियो।

व्यवस्थापिका–संसद्को पूर्ण बैठकमा महाभियोगको प्रस्तावमाथिको छलफल पुनः आजबाट प्रारम्भ भएकाले थप केही दिन लाग्न सक्ने पक्षलाई हेक्का गर्दै समितिमा अरु विजनेश पनि नभएको हुँदा सबैको सहमतिमा अर्काे बैठक मङसिर २ गते राखिएको संयोजक बिडारीले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.