विमानस्थलको शौचालयमा भेटिएको शिशुको मृत्यु

विमानस्थलको शौचालयमा भेटिएको शिशुको मृत्यु

भियनाः बिहीबार बिहान भियना विमानस्थलको शौचालयको एक डब्बामा भेटिएको शिशुको उपचारका क्रममा बिहीबारै स्थानीय अस्पतालमा मृत्यु भएको छ ।

बिहानै शौचालयको सफाइ गर्न पुगेकी एक महिलाले जीवित शिशुलाई डस्टबिनमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा भेटेकी थिइन् ।

घाइते अवस्थामा भेटिएकी शिशुलाई तत्कालै आपतकालीन उपचार सेवाका लागि स्थानीय एक अस्पतालमा पुर्याएको थियो । उनको उपचारका क्रममा त्यहाँ मृत्यु भएको प्रहरी प्रवक्ता राइमण्ड स्वाइगरलेनरले जानकारी दिएका छन् ।

शिशुमा व्यापक अक्सिजनको कमी भएको अवस्थामा उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रवक्ता स्वाइगरलेनरले अस्पताल स्रोतलाई उद्धृत गर्दै बताए ।

शिशुलाई एक नाइजेरियाली २७–वर्षीया युवतीले त्यहाँ जन्माएपछि डस्टबिनमा फालेको सुरक्षा अधिकारीले बताए । बच्चालाई आफू भियनामा ट्रान्जिटमा रहेका बेला जन्म दिएपछि उनले त्यहाँ फालेको बताइएको छ ।

शिशुकी आमालाई पनि स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनले बच्चा किन त्यसरी फालिन् भन्ने विषयमा उपचारपछि अनुसन्धान गरिने प्रहरी प्रवक्ताले बताए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.