‘संविधान संशोधनमा एमालेले सहमति जनाइसक्यो, प्रस्ताव छिट्टै दर्ता हुन्छ’

‘संविधान संशोधनमा एमालेले सहमति जनाइसक्यो, प्रस्ताव छिट्टै दर्ता हुन्छ’

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि एमालेले सहमति जनाइसकेको बताएका छन्।

सरकारले १०० दिनमा गरेका कामबारे जानकारी दिन शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा एमालेले सहमति जनाइसकेकाले केही दिनमै संविधान संशोधनको प्रस्ताव संसदमा पेश हुने बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि आफूले छलफल गरेको र संशोधन प्रस्ताव दर्ता गर्न सुझाएको समेत बताए।

उनले भने,‘ओलीजीले संशोधन प्रस्ताव दर्ता गर्न भन्नु भएको थियो। संशोधन प्रस्तावको ड्राफ्ट पनि तयार भइसकेको छ। मैले कात्तिक २५ गते नै दर्ता गर्ने प्रयास पनि गरेको हुँ। अब छिट्टै प्रस्ताव दर्ता हुन्छ। त्यसको तयारी सरकारले अन्तिम चरणमा पुर्याएको छ।’

प्रधानमन्त्री प्रचण्डले संशोधन प्रस्तावबारे कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेपछि प्रस्ताव सहमतिमै दर्ता हुने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.