भारतमा सिकेका सीप नेपालका लागि महत्वपूर्णः मन्त्री पौडेल

भारतमा सिकेका सीप नेपालका लागि महत्वपूर्णः मन्त्री पौडेल

काठमाडौः नेपालस्थित भारतीय दूतावास र भारतीय सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस तथा मौलाना आजाद दिवस राजधानीमा एक कार्यक्रमबीच मनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथी शिक्षामन्त्री धनिराम पौडेलले भारतीय प्राविधिक तथा आर्थिक सहकार्य अन्र्तगत नेपालीले भारतमा सिकेका ज्ञान सिप नेपालका लागि महत्वपूर्ण योगदान रहेको बताए ।

मन्त्री पौडेलले स्वर्गीय मौलाना आजादले भारतको पहिलो शिक्षामन्त्रीका रुपमा शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंशा गरे । उनले भारतका राष्ट्रपति प्रणव मुखर्जीको हालैको नेपाल भ्रमणबाट दुई देशको संबन्ध मजबुत भएको बताए ।

नेपालको शिक्षा र पुर्ननिर्माणका क्षेत्रमा भारतले गरिरहेको सहयोगका लागि धन्यवाद दिंदै मन्त्री पौडेलले आगामी दिनमा सहयोग कायमै रहने विश्वास व्यक्त गरे । सो अवसरमा नेपालका लागि भारतीय राजदूत रंजित रेले मौलाना आजाद भारतका महान इस्लामिक विज्ञ भएको चर्चा गरे । उनले प्राविधिक शिक्षाको महत्व निकै रहेको पनि बताए । कार्यक्रममा परराष्ट्र मन्त्रालयका अधिकृत बिजय राज तन्डुकारले भारतले नेपालको प्राबिधिक शिक्षाका क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।

भारतीय प्राबिधिक तथा आर्थिक सहकार्य कार्यक्रम सन् २००२ मा शुरु भएको हो । कोलम्बो प्लान तथा यस कार्यक्रम अन्र्तगत नेपालबाट बर्षेनी सरकारी कर्मचारी, बिद्यार्थी प्राबिधिक शिक्षा तथा तालिम लिन भारत जाने गर्छन् । यसमा नेपालबाट भारत गई हालसम्म ११,०० जनाले सहभागिता जनाइसकेका छन् ।

सन् २०१६ मा बिभिन्न क्षेत्रबाट गरी २५० जना छनौट भएका छन् । भारतले यस कार्यक्रम अन्र्तगत कम्युटर तालिम, इन्जिनियरिङ्, पत्रकारिता, बैंकिङ्, कानुन, उर्जा, महिला शशक्तिकरण, कानुन कार्यान्वयन, ब्यापार योजना, शिक्षा, मानस्रोत संसाधन अनुसन्धान र अर्थ लगायतका बिषयमा नेपाली सहभागीलाई प्राविधिक शिक्षा प्रदान गर्ने गर्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.