सरकार एक चीन नीतिप्रति प्रतिबद्धः परराष्ट्र मन्त्रालय

सरकार एक चीन नीतिप्रति प्रतिबद्धः परराष्ट्र मन्त्रालय

काठमाडौंः परराष्ट्र मन्त्रालयले सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपालले छिमेकी मुलुकसंगको संबन्धलाई सधैँ उच्च महत्व दिइआएको र वर्तमान सरकार यो संबन्धलाई थप सुदृढ गर्न प्रतिबद्द रहेको उल्लेख गरेको छ ।

‘एक चीन नीतिमा नेपाल सरकार पूर्ण प्रतिबद्द छ र दृढरुपमा अडिग रही आएको छ’ विज्ञप्तिमा भनिएको छ । तर नेपालको यो नीति विपरीत संचारमाध्यममा समाचार आएको भन्दै मन्त्रालयले त्यसको खण्डन गरेको छ ।

मित्रराष्ट्रका बिषयमा आएका समाचार संप्रेषण गर्दा संवदेशनशील हुन समेत परराष्ट्रले भनेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.