तरुण दलको महाधिवेशनः सर्वसहमतिमै नेतृत्व चयन गर्ने प्रयास

तरुण दलको महाधिवेशनः सर्वसहमतिमै नेतृत्व चयन गर्ने प्रयास

काठमाडौं । नेपाल तरुण दलको चौथो महाधिवेशनले सर्वसहमतीमै नेतृत्व चयन गर्ने करिब पक्का पक्की भएको छ ।

शनिबार पोखरामा हुने महाधिवेशनले सर्वसहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । पार्टीले नयाँ नेतृत्व पाएदेखि एक पछि अर्को गर्दै एक दशक पछि भातृ संगठनहरुको महाधिवेशन हुन थालेको हो । यस अघि कांग्रेसले नेविसंघ र महिला संघको नेतृत्व चुनावी प्रतिस्पर्धाबाट चयन गरिसकेको छ ।

तरुण दलको महाधिवेशन आज पोखरामा उद्घाटन हुने भएपनि नेतृत्व भने सहमतीमै चयन हुने करिब पक्का भएको छ ।

पार्टी नेता प्रदिप गिरी, नेविसंघका नव निर्वाचित अध्यक्ष नैनसिंह महर, सुवास पोखरेलहरुको दबाब र सुझावमा पार्टीको शिर्ष नेतृत्व तरुण दलको महाधिवेशन सर्व सहमती टुंगाउने निर्णयमा पुगिएको स्रोतको दाबी छ ।

पार्टीका अन्य भातृ संगठन र स्थानीय चुनावमा कांग्रेसको प्रभाव मजवुत बनाएर लैजान सर्वसहमतीको बाटो अपनाउन महर, गिरी लगायतका नेताले दबाब दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहमतीय प्रणाली अपनाउन तयार भएको स्रोतले बताएको छ ।

यतिबेला तरुण दलको नेतृत्व हत्याउन जितजंग बस्नेत, पदम पालुंगा, भुपेन्द्र जंग शाही, शुभाष पोखरेल र दामोदर कोइराला मैदानमा छन् । सर्वसहमतीबाट तरुण दलको अध्यक्षका लागि पार्टी नेतृत्वले जितजंग बस्नेतलाई अघि सार्ने भएको छ । चुनावी प्रतिस्पर्धाले गुट उपगुटको खेल शुरु हुने र त्यसको प्रभाव स्थानीय निर्वाचन सम्म पर्ने भएकाले सहमतीय बाटो अपनाउन पार्टीलाई दबाब परेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.