दलीय सहमतिमा संविधान संशोधन : महरा

दलीय सहमतिमा संविधान संशोधन : महरा

दाङ: उपप्रधानमन्त्री कृष्णबहादुर महराले दलीय सहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन्।

प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल चलिरहेको र यो अन्तिम चरणमा पुगेको जानकारी दिए। अर्थमन्त्री महराले दलका नेतासँग छलफल गरेर पूरक बजेट ल्याइने जानकारी पनि दिए।

उनले प्रदेश नम्बर ५ को राजधानी दाङ हुने बताउँदै जिल्लाको विकासका लागि भालुबाङ, घोराही, तुलसीपुर हुँदै हापुरेसम्मको सडक, तलसीपुर–सुर्खेत सडकखण्ड, रोल्पा होलेरी, नारायणपुर हुँदै रिहारसम्मको सडक निर्माण तथा त्यहाँको हालको विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताए।

राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन कार्यालयले आयोजना गरेको अर्काे कार्यक्रममा उपप्रधानमन्त्री महराले सो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि सहयोग गरिने आश्वासन दिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.