प्रधानमन्त्री प्रचण्ड भन्छन्,'मजदुरका समस्या समाधान गर्न गम्भीर छु'

प्रधानमन्त्री प्रचण्ड भन्छन्,'मजदुरका समस्या समाधान गर्न गम्भीर छु'

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन्।

शनिबार बिहान बालुवाटारमा अखिल नेपाल ट्रेड यूनियन महासंघको कार्यालय टिमसँग प्रधानमन्त्रीले मजदुरका समस्या समाधान गर्न गम्भीर भएको बताएका हुन्। प्रधानमन्त्रीले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेको भन्दै अहिले सरकारमा रहेर मजदुरका समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने बताए। उनले अहिले गर्न सकिने जति सबै समस्या समाधान गर्न आफ्नो ध्यान रहने स्पष्ट गरे।

भेटमा ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल केही समयअघि पारित भएको औद्योगिक व्यवसाय ऐन मजदुरको पक्षमा नभएको भन्दै यसलाई संशोधन गर्न तथा संसदमा पुगेको श्रम ऐनको संशोधन विद्येयक र सामाजिक सुरक्षा ऐनलाई मजदुरमैत्री बनाउन आग्रह गरेका थिए।

उनले संविधानमा राष्ट्रिय मजदुर आयोगको व्यवस्था गर्न, मजदुरको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्न, यातायात क्षेत्रका मजदुरका समस्या सम्बोधन गर्न, इ–रिक्सालाई व्यवस्थित पार्न नियमावली तयार गर्न तथा सरकारी ज्यालादारी र करारमा नियुक्त कर्मचरी, कामदारलाई अन्य सरकारी कर्मचारीसरह सेवा सुविधा दिन आग्रह गरेका थिए।

प्रधानमन्त्रीले सबै माग जायज रहेको भन्दै यसलाई पुरा गराउन आफूले पहल गर्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.