संविधान संशोधनमा रचनात्मक सहयोग गर्छाैं: थापा

संविधान संशोधनमा रचनात्मक सहयोग गर्छाैं: थापा

तिलोत्तमा: राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्। उनले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता आउने भएकाले छिटो उक्त प्रक्रियामा जानुपर्ने बताएका हुन्।

रुपन्देहीको बुटवलमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधनका क्रममा हिन्दूराज्य कायम गर्न संसदमा संशोधन प्रस्ताव आफ्नो पार्टीले पेस गर्ने जानकारी दिए। अध्यक्ष थापाले राजनीतिक दल सत्ताखेलमा लागेका कारण संविधान कार्यान्वयन र निर्वाचनमा आशङ्का उत्पन्न भएको विचार व्यक्त गरे।

लोकमान प्रकरण बारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष थापाले यत्रो महत्वपूर्ण विषयमा दलसँग परामर्श नगर्नु गलतभएको भन्दै आफ्नो पार्टीले उचित समयमा उचित निर्णय लिने बताए। मधेसका समस्या चाँडो समाधान गर्न नसके संविधान कार्यान्वयनमा कठिनाइ हुने थापाको भनाइ थियो। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.