'सरकारका सय दिन त्यतिकै खेर गयो'

'सरकारका सय दिन त्यतिकै खेर गयो'

काठमाडौँः नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेरगएको बताएका छन् ।

रिपोटर्स क्लबले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सय दिनमा सरकारले संविधान कार्यान्वयन तर्फ कुनै ध्यान नदिएको र निर्वाचनको कुनै तयारी नगरेको आरोप लगाए ।

अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा पनि खासै प्रगति नभएको उनधो भनाई थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले सरकारका सय दिनमा गरेका काममा केही कमजोरी भए पनि सफलता उन्मूख भएको बताए ।

उनले सय दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कर्मचारीतन्त्र, मन्त्रिपरिषद् र आफ्नो निजी सचिवालयलाई चुस्तदुरुस्त रुपले लैजान नसकेको उनले बताए । उनले राज्य व्यवस्थालाई पनि प्रधानमन्त्रीले संस्थागत रुपमा सञ्चालन गर्न नसकेको स्वीकार गरेको बताए ।

ज्ञवालीले प्रधानमन्त्री दाहालले सय दिनमा राष्ट्रिय सहमति कायम गर्नका लागि विभिन्न राजनीतिक दलसँग छलफल बहसलाई भने तीव्रता दिएको बताए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.