काठमाडौ-सिन्धुलीगढी साइकल यात्रा (फोटोफिचर)
काठमाडौंः काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा भएको छ । बेलायती सेनालाई तत्कालीन गोर्खाली सेनाले हराएको ऐतिहासिक स्थलको टुप्पोसम्म पहिलो पटक साइकल यात्री पुगेका हुन् ।
समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा ‘राइड टु सिन्धुली गढी’ साइकल यात्रा गरेको हो।
ऐतिहासिक साइकल यात्रामा ८० व्यवसायिक साइकल यात्री सहभागी थिए । यात्रा काठमाडौं–धुलिखेल हुँदै बिपी राजमार्गमा भएको थियो । साइकल ¥याली सिन्धुली गढीमा मनाइएको विजयोत्सवमा सहभागी भएका छ ।