पाकिस्तानमा विष्फोट, ५२ को मृत्यु
एजेन्सीः पाकिस्तानको बलूचिस्तानको सुफी मुस्लिम दरगाह 'शान नूरानी' मा भएको विष्फोटमा परी ५२ जनाको ज्यान गएको छ । एक सय भन्दा बढी गम्भीर घाइते भएका छन् ।
शाह नूरानी दरगाहमा मगरिबको नमाव पढ्नुभन्दा केही पहिले विष्फाट भएको थियो ।
विष्फोटका बेला उक्त दरगाहमा धमाल अर्थात सुफी उत्सवका बेला हुने एक विशेष प्रकारको नृत्य भइरहेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
एक प्रत्यक्षदर्शी महिलाले भनिन्–'जब म दरगाहमा थिए । त्यसबेला कसैले मलाई दरगाहभन्दा बाहिर जाउ । मैले जव मेरो खुट्टा दरगाह बाहिर राखे तव विष्फोट भयो । विष्फोटपछि भएको भागदौडपछि धेरै परिवार विच्छोडिएका छन् ।'
घटनास्थलमा उद्धार कार्य जारी छ । कराचीबाट गएको ५० जनाको शैन्य टुकडी पनि गएर उद्धार गरिरहेको छ । हेलिकोप्टर तथा एम्बुलेन्सको प्रयोग गरी घाइतेहरुको उद्धार गरिएको छ ।