प्रहरीमा राजनीति

प्रहरीमा राजनीति

प्रहरी आन्तरिक शान्तिसुरक्षा र अपराध नियन्त्रणको वैधानिक जिम्मा पाएको राज्य संयन्त्र हो । त्यससँगै अपराध अनुसन्धान गर्ने र आवश्यक तथा पर्याप्त प्रमाण जुटाई अदालतबाट दोषीलाई दण्ड दिलाउन सहज बनाउने जिम्मेवारी पनि प्रहरीको हुन्छ ।

कुनै समयमा नेपाल दक्षिण एसियाकै सुरक्षित र अपराध न्यून रहेको देशका रूपमा चिनिनुको पछाडि कानुन र राज्यको आधिकारिकताप्रति नागरिकको सम्मान तथा तदनुसारको व्यवहार र राज्यको भरपर्दो उपस्थिति मुख्य कारण मानिन्थे । तर यता आएर, खासगरी विगत दस वर्षमा निजामती प्रशासनको पूर्ण दलीयकरण हुँदा त्यो जनताको भन्दा नेताहरूको स्वार्थसिद्धिको संयन्त्र बन्न पुगेको छ । यता आएर सरकारले प्रहरी संयन्त्रमा समेत धावा बोल्ने तयारी गरेको अड्कलबाजी भइरहेका छन्, जुन दुर्भाग्यपूर्ण हो ।

राजनीतिक या दलीय प्रयोजनको लागि यस्तो चलखेल हुन लागेको हो भने खासगरी सत्ताको नेतृत्व गरेको माओवादी र प्रहरी संस्थालाई मातहतमा राख्ने गृह मन्त्रालयको नेतृत्व लिएको नेपाली कांग्रेसले त्यस्ता कदम उठाउनुपूर्व बृहत् छलफल र कानुनी परामर्श लिनु आवश्यक छ र त्यो परामर्शको उद्देश्य कसरी प्रहरी प्रशासनलाई चुस्त, सक्षम र दलीय नियन्त्रणबाट मुक्त राख्ने भन्नेबारे हुनु आवश्यक छ ।

शान्तिसुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र अपराधीलाई दण्डित गर्न सरकारका अनुसन्धान निकाय अर्थात् प्रहरी, अभियोजन या सरकारी वकिल कार्यालय अनि फैसला दिने निकाय अर्थात् न्यायपालिका स्वतन्त्र, अधिकारसम्पन्न र राजनीतिक नियन्त्रणबाहिरै हुनुपर्छ । तर नेपालमा त्यसको ठीक विपरीत तीनै अंगहरूलाई पूर्ण दलीय नियन्त्रणमा राख्ने प्रयास भइरहेको छ ।

प्रहरीमा सुधार आवश्यक छ । तर त्यो सुधार कुन विज्ञ समूह या प्रशासनिक प्रतिवेदनका आधारमा लिइँदैछ ? एउटा नियमअन्तर्गत प्रहरी प्रमुख नियुक्त भएपछि त्यो कार्यकाललाई किन छोट्याइँदैछ, कुनै व्यक्तिलाई फाइदा पुर्‌याउन या प्रहरी संयन्त्रलाई सक्षम बनाउन ? त्यो निर्णय लिँदा संस्थाभित्रका अधिकृतदेखि निम्न तहका कस्तो प्रतिक्रिया होला ? खासगरी नौ महिनाको लागि बनेको सरकारले दूरगामी महत्त्वको निर्णय लिन हुन्छ कि हुँदैन ? त्यो पनि यस सन्दर्भमा महत्त्वपूर्ण प्रश्न हो, जसको उत्तर निर्णयभन्दा पहिला खोजिनुपर्छ । खासगरी अहिले राजनीतिक नेतृत्व जवाफदेहीविहीन, निकै हदसम्म 'भ्रष्ट' भएको आम धारण बन्दा त्यस्तो नेतृत्वले यति महत्त्वपूर्ण निर्णय लिँदा त्यसबारे अनेक अड्कलबाजीसमेत हुनेछन् । त्यसले समग्र परिस्थिति अरू धमिल्याउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.