नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘फाइनान्सियल इन्टिच्यूसन अफ द इयर’ बाट सम्मानित भएको छ ।
फो्रस्ट एण्ड सुलिभानले आयोजना गरकोे कार्यक्रममा ‘वेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तरर्गत ‘फाइनान्सियल इन्टिच्यूसन अफ द इयर–इन्स्योरेन्स कम्पनी’ को रुपमा उक्त अवार्ड प्रदान गरेको हो ।
अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई प्रदान गरिएको छ । कार्यक्रममा अवार्ड लिदै झाले सम्पूर्ण कर्मचारी, अभिकर्ताको मिहिनत तथा संचालक समितिको मार्गदर्शनको प्रतिफलको रुपमा अवार्ड पाएको बताए।
कार्यकारी अधिकृत झाले बीमा क्षेत्रको पहुँच अझै पनि कुल जनसंख्याको ६÷७ प्रतिशत मात्रै भएको बताउदै अघिल्लो वर्षको विनाशकारी भुकम्पमा ज्यान गुमाउनेहरुमा न्युन जीवन बीमा गरेको यथार्थलाई ध्यानमा राख्दै आगामी दिनमा सबै एक जुट भई यसको दायरा बढाउनु पर्ने बताए ।
वर्ष कम्पनीले न्यूबिजिनेस एज प्रालिद्धारा आयोजित ‘वेष्ट म्यानेजमेन्ट लाइफ इन्सुरेन्स कम्पनी’ अवार्ड पनि प्राप्त गरेको छ थियो । कम्पनीले चालु आर्थिक बर्ष २०७३।०७४ को प्रथम त्रैमासिक अवधिसम्ममा वैदशिक रोजगार बीमा शुल्क समेत गरी प्रथम बर्ष बीमा शुल्क आम्दानी करिब ६२ करोड हासिल गरेको तथा नविकरण बीमा शुल्क करिब दुइ अर्ब नौ करोड हासिल गरी कुल बीमा शुल्क आम्दानी दुई अर्ब ७१ करोड हासिल गरेको छ ।