आईएमईलाई ‘रेमिटेन्स कम्पनी अफ द इयर' सम्मान
काठमाडौंः आईएमई लिमिटेड ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रस्ट एन्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मान ग्रहण गरेका छन् ।
‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन-२०१६’ को समापनको अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायिक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रस्ट एन्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायिक फर्मलाई सम्मान गर्दै आएको छ ।
सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक ढकालले यो सम्मानबाट आईएमईलाई रेमिटेन्सको संस्थागत विकासमा अझै बढी जिम्मेवार बनाएको बताएका छन् ।
स्थापनादेखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिवद्ध यस कम्पनीले सेवा शुभारम्भको १६औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लामा ५२ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थामार्फत सेवा प्रदान गर्दै आएको छ ।