नेपाल लाइफ इन्स्योरेन्स सम्मानित
काठमाडौः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘फाइनान्सियल इन्स्टिच्युसन अफ द इयर बाट सम्मानित भएको छ । फ्रस्ट एन्ड सुलिभानले आयोजना गरको कार्यक्रममा ‘वेष्ट प्राक्टिस अवार्ड २०१६- अन्तर्गत ‘फाइनान्सियल इन्स्टिच्युसन अफ द इयर-इन्स्योरेन्स कम्पनी- कोरूपमा उक्त सम्मान प्रदान गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले उक्त अवार्ड ग्रहण गरेका छन् । अवार्ड लिँदै झाले यो सम्पूर्ण कर्मचारी र अभिकर्ताको मिहिनेत तथा सञ्चालक समितिको मार्गदर्शनको प्रतिफल भएको बताए ।
साथै उनले बिमा क्षेत्रको पहुँचमा अझै पनि ६/७ प्रतिशत मात्र जनसंख्या भएको यथार्थलाई ध्यानमा राख्दै आगामी दिनमा सबै एक जुट भइ यसको दायरा बढाउनतिर लाग्नुपर्ने बताएका छन् ।
यसै वर्ष कम्पनीले न्यू बिजनेस एज प्रालिद्धारा आयोजित ‘वेष्ट म्यानेजमेन्ट लाइफ इन्स्योरेन्स कम्पनी- अवार्ड पनि प्राप्त गरेको थियो । कम्पनीले चालु आर्थिक वर्ष २०७३।०७४ को प्रथम त्रैमासमा बैदशिक रोजगार बिमाशुल्कसमेत गरी प्रथम वर्षको बिमा शुल्क आम्दानी करिब ६२ करोड तथा नविकरण बिमा शुल्क करिब दुई अर्ब नौ करोड गरी कुल बिमाशुल्क आम्दानी दुई अर्ब ७१ करोड हासिल गरेको जनाएको छ ।