सिन्धु विकासले १६.८ प्रतिशत बोनस दिने
काठमाडौंः सिन्धु विकास बैंक लिमिटेडले १६.८ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । शनिबार आयोजित सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७२/०७३ को खुद मुनाफाबाट १६.८ प्रतिशत बोनस सेयर तथा ०.८८ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै १० बराबर आठको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले तोकिएको म्यादसम्ममा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले पुँजी पुर्याउन सफल हुने जानकारी दिए ।
बैंकले एक अर्ब ६१ करोडभन्दा बढी निक्षेप संकलन गरी एक अर्ब १५ करोड कर्जा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव प्रधानले बताए । ०६७ सालमा सिन्धुपाल्चोकको बाह्रविसेमा प्रधान कार्यालय रहि स्थापना भएको यस बैंकका बनेपामा कर्पोरेट तथा शाखा कार्यालय, मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुन्डे, पाँचखाल, चरिकोट र दोलखा गरी नौं शाखा एवं सुकुटे र सिपाघाट सिमित बैंकिङ इकाई गरी दुई स्थानबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।