अवार्डमा करिश्मालाई सास्ती
काठमाडौंः सिक्किममा हालै सम्पन्न इनास फिल्म अवार्डमा आयोजकको कमजोर व्यवस्थापनका कारण सहभागीले सास्ती भागेका छन्।
अवार्डमा सहभागी हुन सिक्किम पुगेका कलाकारदेखि पत्रकारसम्मले उस्तै सास्ती पाए, आयोजकको कमजोर व्यवस्थापनका कारण।
यस्तै सास्ती ब्यहोरिन् अभिनेत्री करिश्मा मानन्धरले पनि। अवार्डमा सहभागी हुने निम्तो पाएकी करिश्मा सिक्किम त पुगिन् तर आयोजकको कमजोरीका कारण उनले सास्ती पाइन्।
अवार्ड सकेर काठमाडौं फर्किने बेला आयोजक सम्पर्कविहीन भएपछि समस्यामा परेकी थिइन्। करिश्माले आयोजक नै सम्पर्कबिहीन भएपछि आफ्नै खर्चमा नेपाल फर्कनु परेको गुनासो गरेकी छिन्।
त्यतिमात्र होइन अभिनेत्री करिश्माले आफू बसेको होटेलको बिलसमेत आफैंले तिर्नु परेको बताएकी छिन्।