ट्रकको ठक्करबाट महिलाको मृत्यु
![ट्रकको ठक्करबाट महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death_body-582956b5e31651.38133497_pfKaWrT2VF.jpg)
कलैयाः बारा जिल्ला निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा सोमबार बिहान एक जनाको मृत्यु भएको छ ।
ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री निजगढ–५ बस्ने ३५ वर्षीया कल्पना गौतमको मृत्यु भएको हो ।
साइकलबाट निजगढ बजारतर्फ आइरहेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना२ख ९३४१ नंको ट्रकले ठक्कर दिँदा साइकलयात्री गौतमको घटनास्थलमा नै मृत्यु भएको हो ।
ट्रक चालक निजगढ–८ बस्ने ५० वर्षीय जोखकुवर चौधरी र ट्रक इप्रका, निजगढको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक सुवासकुमार गैरेले बताए । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)