अन्नपूर्णकर्मी आचार्य पुरस्कृत

अन्नपूर्णकर्मी आचार्य पुरस्कृत

अर्घाखाँचीः अर्घाखाँचीमा रहि कृषि क्षेत्र र यसको विकासका लागि उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्य कृषि पत्रकारिता पुरस्काबाट पुरस्कृत भएका छन् ।

कृषि क्षेत्रमा उत्कृष्ट समाचार प्रकासन तथा प्रसारण गरेको मुल्यांकन गर्दै नगद पाँच हजार तथा सम्मान पत्रले पुरस्कृत गरेको हो । जिल्लामा रहि १० बर्ष देखि आचार्यले पत्रकारिता गर्दै आएका छन् । बढ्दो बिदेश पलायनलाई रोक्न पत्रकारिताले खेलेको भुमिका महत्वपुर्ण मानिएको छ ।

स्थानीय विकास अधिकारी लक्ष्मी पाडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल , बरिष्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेलले पुरस्कार वितरण गरेका थिए ।

अर्घाखाँचीमा तीन जना कृषकले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् । विश्व खाद्य दिबसको अबसरमा जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले आज एक कार्यक्रमको आयोजना गरि तीन जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको हो ।

पोखराथोकका अच्युत गौतम, धारापानीका भेस बहादुर नेपाली र अडगुरीका तारा प्रसाद न्यौपानेलाई नगद १० हजार राशी र सम्मान पत्रले पुरस्कृत गरिएको हो ।
स्थानीय विकास अधिकारी लक्ष्मी पाडे गौतम, सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल , बरिष्ठ कृषि बिकास अधिकृत योग प्रसाद खरेलले पुरस्कार वितरण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.