ट्राफिक प्रहरीलाई खाजा

 ट्राफिक प्रहरीलाई खाजा

काठमाडौः ट्राफिक प्रहरीको सेवाको उच्च मूल्याङ्कन गर्दै खाजा वितरण गरिएको छ ।

गत वर्ष साउनमा सिंहदरबारदेखि पाटन जाने क्रममा स्कुटरबाट लडेर घाइते हुँदा ट्राफिक प्रहरीको सहयोगले पुनर्जीवन पाउनुभएकी २२ वर्षीय प्रशंसा थापाले ट्राफिकको कामको उच्च मूल्याङ्न गर्दै आज काठमाडौँ उपत्यकामा काममा खटिएका ट्राफिक प्रहरीलाई खाजा वितरण गरेकी हुन् ।


थापाले चक्रपथ क्षेत्र, चप्पलकारखानादेखि चापागाउँ, भद्रकालीदेखि कालोपुल, भगवतीबहालदेखि सोह्रखुट्टे, पुतलीसडकदेखि त्रिपुरेश्वर र भोटेबहालदेखि केशरमहलसम्मका चोकमा काममा खटिएका १७० जना ट्राफिकलाई खाजा वितरण गरेकी हुन् ।

‘घाम पानी नभनी काममा खटिने र धुलोले ग्रसित हुने गरेका ट्राफिकको उच्च मूल्याङ्कन गर्दै सेवा गरेको हुँ ।’ उनले भनिन् । थापाले आफूले वातावरण विषय पढेकाले ट्राफिक प्रहरीले भोग्नुपर्ने समस्या र धुलोले पार्ने असरबारे आफूलाई थाहा रहेको बताइन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याल लाइसेन्स कडाइ, लेन अनुगमनप्रति यात्रुले नकारात्मक नजरले हेरेको अवस्थामा थापाले ट्राफिकलाई गरेको सहयोगले सकारात्मक सन्देश दिएको बताए ।

उटा ट्राफिक प्रहरी निरन्तर एउटा चोकमा दुई वर्षसम्म काममा खटियो भने तीन वर्ष आयु घट्छ, ट्राफिक प्रहरीप्रति देखाइएको सद्भाव प्रशंसनीय छ ।’ उनले भने । अर्याल यस्तो सहयोगले ट्राफिक प्रहरीमा थप हौसला बढाएको बताउँछन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.