क्षयरोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध

क्षयरोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध

भक्तपुरः शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

सोमबार मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवम् दशौँ अधिवेशन उद्घाटन समारोहमा प्रतिवद्वता व्यक्त गरेका हुन् ।

क्षयरोग गरिब, निमुखा वर्गलाई मात्र लाग्ने रोग भनेर हेलचेक्र्याईं नगरी आसङ्कीत सबैको स्वास्थ्य परीक्षण गर्न जनचेतना जगाउनुपर्नेमा मन्त्री पौडेलको भनाई थियो ।

रोगलाई घृणा गर्ने र रोगीलाई माया गर्ने प्रचलन बनाउनुपर्नेमा जोड दिँदै उनले रोगलाई लुकाउन नहुने बताए ।

कार्यक्रममा मन्त्री पौडेलले नियमित सेवा पु¥याएबापत संस्थाका कर्मचारी हिरण्यप्रताप साँगामीलाई पाँच हजार एक रुपैयाँ पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।

साँगामीले आफूले पाएको पुरस्कार रकममा रु २५ हजार थप गरेर क्षयरोग न्यूनीकरणका लागि अक्षयकोष स्थापना गर्न संस्थाका अध्यक्ष बाबुकाजी साँछेश्रेष्ठलाई हस्तान्तरण गरे ।

अध्यक्ष साँछेश्रेष्ठ तथा केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधान, समाजसेवी कृष्णलाल गोजाश्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठलगायतले क्षयरोग न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.