संघीय गठबन्धनको सरकारलाई १५ दिने अल्टिमेटम

संघीय गठबन्धनको सरकारलाई १५ दिने अल्टिमेटम

काठमाडौंः संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाउँदै संघीय गठबन्धनले सरकारलाई संविधान संशोधनको प्रस्ताव दर्ताका लागि १५ दिनको समय दिएको हो।

संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाउँदै तीन बुँदे सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो। स्मरण पत्र बुझाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै गठबन्धनका संयोजक यादवले सरकार गठनका बेला मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न सरकारलाई १५ दिनको समय दिएको समेत बताए। उनले भने,‘सरकारलाई संशोधन प्रस्ताव दर्ताका लागि १५ दिनको समय हामीले दिएका छौं। त्यो समयमा पनि संशोधन प्रस्ताव दर्ता भएन भने हामी पुनः आन्दोलनमा जान बाध्य हुन्छौ।’

यादवले सीमाकंनको विषय टुंग्याउनका लागि आयोग गठन गर्ने प्रस्तावमा आफूहरु सहमत हुन नसक्ने बताए। यादवले प्रधानमन्त्री प्रचण्डले स्मरण पत्र बुझ्दै केही दिनभित्रैमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको जानकारी दिए।

गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको स्मरण पत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा र संघीय गठबन्धनसंग गरेको ३ बुँदे सहमतिमा मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा मारिएकाहरुलाई सबैलाई शहीद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने, झुठा मुद्दा खारेजी तथा आममाफी, झुठा मुद्दामा जेल परेकाहरुलाई रिहाई गर्ने सरकारले गरेका निर्णयहरु पनि लागु नभएको भन्दै आपत्ति जनाएको छ।

गठबन्धनले वर्तमान सरकार मधेसी मोर्चा, आदिवासी जनजाति, थारु, खस, दलितका मागहरुप्रति उदासिन रहेको आरोप पनि लगाएको छ। गठबन्धनले १५ दिनभित्रमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नगरिए पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ।

संघीय गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको स्मरण पत्र:

1

 2


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.