जनजाति महासंघको अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ चयन

जनजाति महासंघको अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ चयन

काठमाडौं: नेकपा एमालेको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको छ।

सोमबार सकिएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपाशुर शेर्पा, झकबहादुर थापामगर, शान्ता चौधरी र चित्र थापामगर चयन भएका छन्।

महासचिवमा पर्शुराम मेघी गुरुङ, उपमहासचिवमा टासी लामा र विजयसिंह लोप्चन, सचिवमा रामचन्द्र बल, पिके राई, शारदा कुमाल र देवराज राई चयन भए। कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा रामप्रसाद चौधरी चयन भएका छन्।

महासङ्घका प्रतिनिधि शिव गुरुङले अब विभिन्न प्रदेशको क्षेत्र तथा भूगोलको सन्तुलन मिलाएर ८३ जना सदस्य चाँडै छनोट गरिने जानकारी दिए।  शनिबारदेखि सुरु भएको महाधिवेशनले विधान र महासङ्घको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पारित गरेको उनले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.