मकवानपुरका ६३ जनामा डेंगुको संक्रमण

मकवानपुरका ६३ जनामा डेंगुको  संक्रमण

हेटौंडाः मकवानपुरमा पनि ६३ जनामा डेंगुको संक्रमण देखिएको छ । तीमध्ये २३ जनाले जनस्वास्थ्य कार्यालयको प्रयोगशालामा रगत परीक्षण गराएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत शशिकान्त सिंहले बताए ।

३२ जनाले मकवानपुर सहकारी अस्पतालमा रगत परीक्षण गर्दा डेंगुको संक्रमण भेटिएको उनले जानकारी दिए । संगम प्याथोलोजी र हेडम्बा प्याथोलोजीमा तीन÷तीनजना र एडभान्स प्याथोलोजी सेन्टरमा रगत परीक्षण गराएका दुईजनामा संक्रमण भेटिएको सिंहले जानकारी दिए ।

डेंगुको संक्रमण बढेपछि कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । ‘डेंगुका विषाणुद्वारा संक्रमित एडिस एडिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ', सिंहले भने, ‘ज्वरो आउने, शरीर दुख्ने, ढाडजोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा रातो बिँमिरा आउनेजस्ता लक्षण देखिए तुरुन्त परीक्षण गराउनुपर्छ ।'

डेंगुको महामारी नियन्त्रण र रोगको निदान गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले हेटौंडा अस्पतालमा निःशुल्क रगत परीक्षणको व्यवस्था गरेको छ । हेटौंडा उपमहानगरपालिकाले डेंगुबाट सावधानी अपनाउन आग्रह गर्दै बजारक्षेत्रमा माइकिङसमेत गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.