जियोनिको एस सिक्स एस जित्ने अवसर
काठमाडौंः जियोनि स्मार्टफोन उत्पादक कम्पनीले ग्राहकलाई लक्षित गर्दै आफ्नो फेसबुक पेज जियोनी नेपाल सार्वजनिक गरेको छ । नेपालमा अत्यधिक रुचाइएको चिनियाँ ब्रान्ड जियोनिले आफ्नो फेसबुक पेजमा ‘ह्यासट्यागएस६एसविथसेल्फीफ्ल्यास’ प्रतियागिता सञ्चालनमा ल्याएको छ ।
यस प्रतियोगितामार्फत उत्कृष्ट दश जनाले जियोनि एस सिक्स एस जित्न सक्ने कम्पनीले जनाएको छ । सेल्फी खिच्न रुचाउनेले ‘ह्यासट्याग एस६एसविथसेल्फीफ्ल्यास’ प्रतियोगितामा भाग लिनका लागि एउटा रमाइलो सेल्फी खिची त्यसमा विभिन्न एप प्रयोग गरी सकेसम्म रमाइलो बनाउनु पर्नेछ ।
त्यसलाई ‘ह्यासट्यागएस६एसविथसेल्फीफ्ल्यास’ लेखी आफ्नै फेसबुकमा प्राइभेसी पब्लिकसहित सेयर गर्नुपर्छ वा जियोनि नेपालको फेसबुक पेजमा रहेको कन्टेस्ट भिडियोमा सेल्फी फोटो कमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । जियोनि र चर्चित फोटोग्राफर राजभाइ सुवालद्वारा छानिएका उत्कृष्ट सेल्फी लाइक एन्ड विन कन्टेस्टका लागि छानिनेछन् ।
प्रतिगोयिताको दोस्रो भागबाट सबैभन्दा बढी लाइक प्राप्त गर्ने दश सेल्फीले सेल्फी फ्लाशसहितको नयाँ जियोनि एस सिक्स एस जित्नेछन् । यो प्रतियोगिताको पहिलो चरण मंसिर १५ सम्म चल्ने कम्पनीले जनाएको छ ।