होन्डा नाभी टेस्ट राइड सम्पन्न
काठमाडौं ः नेपालमा होन्डा मोटरसाइकल र मोटर, स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होन्डाको नाभी मोटरसाइकलको टेस्ट राइड सम्पन्न गरेको छ । सोमबार स्याकार सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर ग्वार्कोमा होन्डाले नाभी एक्सपिरियन्स इभेन्टको टेस्ट ड्राइभ आयोजना गरेको हो ।
होन्डा नाभीको प्रवेशसँगै यसले नेपाली टु ह्वीलर सेग्मेन्टमा नयाँ शुरुवात गरेको छ । यसले युवालाई आर्कषित गर्ने अपेक्षा गरिएको छ । नाभी साधारण मोटरसाइकल र एडभेन्चर बाइकबीचको क्रस रहेको कम्पनीले जनाएको छ ।
विभिन्न पाँच कलरमा उपलब्ध यो मोटरसाइकल तीन भेरियन्ट (स्ट्रीट, एडभेन्चर र अफ रोड) मा उपलब्ध छ । विभिन्न कस्टमाइज्ड अप्सनमा रहेको बाइकको यो नयाँ डिजाइन हो । यो बाइक चलाउन सजिलो र परफरमेन्स राम्रो भएको कम्पनीको दाबी छ ।
एक सय ५६ एमएम हाई ग्राउन्ड क्लियरेन्स रहेको नाभीको तौल एक सय एक कीलोग्राम, फ्युल ट्यांक क्यापसिटी ३.८ लिटर र एक सय १० सीसीको इन्जिन रहेको कम्पनीले जनाएको छ ।