नविल बैंक बेस्ट प्राक्टीसेज अवार्ड बाट सम्मानित
काठमाडौंः नविल बैंक ‘बेस्ट प्राक्टीसेज अवार्ड २०१६' बाट सम्मानित भएको छ । फ्रस्ट एन्ड सुलिभनद्वारा प्रदान गरिएको ‘बेस्ट प्राक्टीसेज अवार्ड २०१६ को उत्कृष्ट वित्तीय संस्था' बाट नविल बैंक सम्मानित भएको हो । पूर्व अर्थमन्त्री रामशरण महतले बैंकका प्रमुख जोखिम अधिकृत अनिलकुमार खनाललाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
उक्त अवसरमा खनालले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु नै बैंकका लागि गौरवको विषय भएको र यसबाट बैंकलाई बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको बताएका छन् । सोही अवसरमा उनले नविल बैंक देशकै पहिलो निजी क्षेत्रको सम्युक्त लगानीमा स्थापित बैंक भएकाले नेपालमा आधुनिक बैकिङ प्रणालीका निम्ति ठूलो योगदान गरेको बताएका छन् ।
बैंकले केही समयअघि ‘तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६' मा सर्वोत्कृष्ट वाणिज्य बैंकको सम्मान प्राप्त गरेको बैंकले जनाएको छ ।