अरनिको डेभलपमेन्ट बैंकद्वारा आन्तरिक तालिम

अरनिको डेभलपमेन्ट बैंकद्वारा आन्तरिक तालिम


काठमाडौंः अरनिको डेभलपमेन्ट बैंकले केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यलयमा कार्यरत कर्मचारीको आन्तरिक क्षमता अभिवृद्धिका लागि आन्तरिक तालिम आयोजना गरेको छ ।

कर्मचारीको आन्तरिक क्षमता अभिवृद्धि गर्दै उत्पादकत्व वृद्धि गर्न दुई दिने तालिमको आयोजना गरेको हो । बैकका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलको प्रमुख आतिथ्यमा आयोजना भएको तालिमको प्रशिक्षक मदन विष्ट तथा वि एन घर्ती रहेको बैंकले जनाएको छ ।

बैंक व्यवस्थापनले यस्ता कार्यक्रमकामाध्यमबाट बैंकका कर्मचारीको मनोबल उच्च गराउँदै कार्यक्षमता अभिवृद्घि गर्ने विश्वास लिएको छ । साथै सो बैंकको मिती २०७३।०७।२८ गतेसम्ममा कुल पुँजी २५ करोड ७८ लाख, निक्षेप दुई अर्ब नौ करोड १५ लाख, कर्जा तथा सापट एक अर्ब ८२ करोड ५३ लाख र सञ्चालन मुनाफा एक करोड ८४ लाख रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.