राप्रपा र राप्रपा नेपालबीच एकता सम्झौता

राप्रपा र राप्रपा नेपालबीच एकता सम्झौता

कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर राणा नेतृत्वको राप्रपाबीच एकतासम्बन्धी सम्झौता भएको छ ।  मंसिर ६ गते एकता गर्ने गरी समझदारीपत्रमा दुईतर्फका अध्यक्षबीच सम्झौता भएको छ । 


राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच एकताका लागि सम्झौता भएको हो । बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै दुई पार्टीबीच एकीकरण हुन लागेको हो ।

राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठका अनुसार एकीकृत पार्टीको महाधिवेशन आगामी माघभित्रै सम्पन्न गर्ने समझदारी भएको छ। दुवै पार्टीले गठन गरेको वार्ता टोलीले एकीकरण सम्बन्धि नीति तथा आधारलाई दुवै पार्टीले अनुमोदन पनि गरेपछि एकता सम्झौतामा हस्ताक्षर भएको हो। एकतापछि पार्टीको नाम राप्रपा मात्रै हुनेछ भने चुनाव चिन्ह राप्रपा नेपालको गाइ हुनेछ ।  

नेपाल प्रज्ञा भवनमा औपचारिक कार्यक्रमको आयोजना गरी पार्टी एकीकरणको घोषणा हुने भएको छ । गत साउनमा पार्टी एकीकरणको अन्तिम तयारी भएपनि अन्तिम क्षणमा पार्टी एकीकरण प्रक्रिया बिथोलिएको थियो । यसपटक त्यो अवस्था आउँदैन, सहप्रवक्ता श्रेष्ठले भने। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.