चक्कु प्रहार गरी युवकको हत्या
म्याग्दी: देवीस्थानमा आफ्नै साथीले चक्कु प्रहार गर्दा एक युवकको मृत्यु भएको छ।
दरवाङ– २ लामेलाका टीकप्रसाद रोकाले गए राति चक्कु प्रहार गर्दा देवीस्थान– ८ का २४ वर्षीय खबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चक्कु प्रहारबाट घाइते पुनकोे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
अभियुक्त देवीस्थान– ८ स्थित ससुरालीमा बस्दै आएका १९ वर्षीय रोकालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। अनुसन्धानका क्रममा रोकाले दुई जनासँगै बसेर मदिरा सेवन गरेको र एकापसमा भनाभन हुँदा पुनलाई आफूले चक्कु प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ। रासस