नदी तर्न नसकेपछि विद्यालय छोड्दै विद्यार्थी

नदी तर्न नसकेपछि विद्यालय छोड्दै विद्यार्थी

कञ्चनपुर: दोधारा चाँदनी नगरपालिकाका बालबालिका जोगबूढा नदी तर्न नसक्दा क्रमशः विद्यालय छाड्दै गएका छन्।

विद्यालय जानका लागि नदी तर्नुपर्ने झन्झटले उनीहरु बीचमै विद्यालय छाड्न बाध्य भएका हुन्। नगरपालिकाको कञ्जभोज, कुतियाकभर, शान्तिनगर क्षेत्रका बालबालिका प्रतिव्यक्ति पाँच रुपैयाँ शुल्क तिरेर डुङ्गाको सहायताले नदी तर्ने गरेका छन्।

जोखिम मोल्दै डुङ्गाको सहायताले नदी तर्नुपर्ने हुन्छ। स्थानीयवासी टेकबहादुर सुनारले पुल नहुँदा धेरैजसो विद्यार्थी बीचमै विद्यालय छाडेर अभिभावकसँगै भारतमा मजदुरी गर्न गएका बताए। 'वर्षात्मा नदीको बहाव बढ्दा डुङ्गा नचल्दा विद्यालय जान पाउँदैनन्,'उनले भने।

नदी तर्न नसकेकै कारण अधिकांश बालबालिकाले प्राथमिक तहको पढाइ समेत पुरा गर्न सकेका छैनन्। केही अभिभावकले नदीकै समस्याले बालबालिकालाई भारतीय विद्यालयमा भर्ना गरेका स्थानीय जीतुसिंह खत्रीले बताए। जोगबूढामा पुल नहुँदा कुतियाकबर, कन्जभोज र शान्ति टोलका करिब एक सय परिवार समस्यामा छन्।

जोगबूढा नदीमा पुल निर्माणका लागि नगरपरिषद्बाट योजना पास गरी मन्त्रालयमा पहल भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताए। 'दुई ठाउँमा पक्की पुलका लागि सर्वे भएको छ,'उनले भने। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.