लक्ष्मी बैंकका दुई शाखा विस्तार
काठमाडौंः लक्ष्मी बैंकले दुई शाखा विस्तार गरेको छ । मंगलबार पाल्पाको रामपुर र भक्तपुरको कौशलटारमा बैंकले नयाँ शाखाको शुभारम्भ गरेको छ ।
बैंकले आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका रहेको रामपुर र बजार विस्तार भइराखेको भक्तपुरको कौशलटारमा शाखा विस्तार गरेको हो ।
शाखा विस्तार सँगै लक्ष्मी बैंकले एटिएम संख्या ७९ पुगेको छ भने शाखा संख्या ५९ पुगेको छ । बैंकले आगामी दिनमा
धेरै शाखा विस्तार सँगै सेवा विस्तार गर्ने बताएको छ ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउदै आएको छ ।