जादुको शैलीमा टालियो एउटा भयानक भ्वाङ
काठमाडौंः जापानको फुकुओका सहरको बीच सडकमा परेको भयानक भ्वाङ ४८ घन्टामै दुरुस्त अवस्थामा टालिएको छ । काम यति तीव्र गतिमा भयो कि सडकमा परेको भयानाक भ्वाङ धेरै सहरबासीले देख्नै पाएनन् ।
यसलाई जापानिज इन्जिनियरिङको चमात्कारको रुपमा लिइएको छ । नजिकै ‘सबवे’ विस्तारमा भइरहेको निर्माण कार्यकारण सडक भासिएर भ्वाङ परेको हो।
सहरलाई विच्छेद गर्ने गरीबीच सडकमा निकै डरलाग्दो भ्वाङ परेको थियो । यो ९८ फिट फराकिलो र पचास फिट गहिरो थियो ।
भ्वाङमा भरिएको पानी तथा नजिकै सबवे विस्तारमा भइरहेको निर्माण कार्यले गर्दा भ्वाङ टालेर सतहमा ल्याउन सकस भए पनि इन्जिनियरहरुले निकै सतर्कतापूवर्क युद्धस्तरमा काम सकाएका छन् ।